काँगे्स र एमालेले ध्यान देउ

दोस्रो संविधानसभाको निर्वाचनको प्रत्यक्ष र समानुपातीकको नतिजा सार्वजनिक भइसकेको छ । यस्तो नतिजा आउला भनेर कसैले कल्पना गरेको    थिएन । स्वयं नेपाली कांग्रेस नेकपा एमालेका नेताहरूले पनि यस्तो नतिजाको कल्पना गरेका थिएनन् होला । आपूmले यति सिट ल्याउँछौं र उति सिट ल्याउँछौं भनी काल्पनिक तथ्यांक निकाल्ने काम एनेकपा माओवादीले भने गरेको थियो  । दुईतिहाइ बहुमतको अपेक्षा गरेको एमाओवादीले तेस्रो राजनीतिक दलको हैसियतमा चित्त बुझाउनुपर्ने अवस्थाले निर्वाचन परिणाम सबैका निम्ति आश्चर्यजनक भएको छ ।
यो निर्वाचनले नेपाली कांग्रेस र नेकपा एमालेलाई पहिलो र दोस्रो शक्तिको रूपमा उभ्याएर यी दुवै पार्टीलाई जनताले पुरस्कृत गरेको जस्तो देखिएको छ ।
चार वर्ष लगाएर समेत संविधान दिन नसकेका नेताहरूलाई जनताले यसरी विजयी गराउनुपर्ने कुनै कारण छैन । तर दुइै तिहाई बहुमतको कुरागर्दै हिडेको एमाओवादी तेस्रो हुनुको कारण धेरै छ । प्रमुख कारण भनेकै े सशस्त्र युद्धकालमा जुनखालको प्रतिबद्धता व्यक्त गरेका थिए र जुन शक्तिसँग लडाइँ लडेका थिए, ती सबै बिर्सिदिए् । युद्धकालमा जनताले जुन आश्वासन पाएका थिए, जुन आश्वासनका निम्ति जनताका छोराछोरीहरूले रगत बगाएका थिए त्यो रगतको मूल्य नेताहरूलाई हेलिकोप्टरम शेयर गराउन र ठूला ठूला महलहरूमा   बिराजमान गराउन अवश्य थिएन त्यसैले जनताले उनिहरुमाथिको विश्वास हट्ेको कारण यसपटक नेपाली काँग्रेस र एमालेलाई देशको जिम्मा दिएर पठाएका छन् । त्यसैले नेपाली जनता को अपेक्षालाई पुरा गर्न लाग्नुपर्ने देखिन्छ  पुन विगतको संविधान सभाको जस्तै चार चार वर्षसम्म नेपाली जनतालाई झुक्याको जस्तो गरि झुक्यान थाले फेरी काँगेस र एमालेको ए माओवादी भन्दा पनी चौथो र पाँचौ दलमा नपुरा¥याउन यसबारे सोच्न आवश्यक छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार